ललितपुरको भाषा, कला, धर्म, संस्कृति, परम्परा, सीप र सम्पदालाई समेटेर तयार गरिएको जय यल देय् बोलको गीतमा ४ सयभन्दा बढी कलाकार तथा प्राविधिक सहभागी भएका छन्। २ सय ६५ गायक गायिका, ६८ कलाकार र ९० वाद्यवादकको सहभागितामा तयार भएको यो गीत ललितपुर महानगरका विभिन्न कार्यक्रममा गुञ्जिन थालेको छ।
मनराजा नकर्मीको संगीत, भूपेन्द्र बज्राचार्यको संगीत संयोजन, सुमन कपालीको रेकर्डिङ तथा फिरोज बज्राचार्यको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियोको निर्देशन विश्वास बज्राचार्यले गरेका छन्।
अमर चित्रकारको छाया“कन, कलर र सम्पादन रहेको गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रत्न बेहोशी बज्राचार्य, तीर्थकुमारी, जुजुकाजी रञ्जित, संगीता थापा शाक्य, संगीत प्रधान राणा, निशा देसार, ओमविक्रम विष्ट, लोचन भट्टराई, दीपक बज्राचार्य, भीम तुलाधर, प्रवेशमान शाक्य, ईश्वर अमात्य, रमना श्रेष्ठ, सर्जु रञ्जित, सपनाश्री, नरेन्द्र प्यासी, ज्योति घिमिरे, मदन सिंह नेपाली, धनबहादुर गोपाली, बबिन प्रधान, यमन श्रेष्ठ, जेम्स प्रधान, राम श्रेष्ठ, सत्यनारायण मानन्धर, नलिना चित्रकार, संजीव प्रधान, प्रतिमा राजभण्डारी, लसता जोशी, भिन्तुना जोशी, बुनु श्रेष्ठ, रिमा गुरुङ होडा, सुरजकुमार थापा, सरिता शाही, निभा डंगोल, रीता महर्जन, रत्नशोभा महर्जन, प्राश्ना शाक्य, बानिका प्रधान, सरिष्मा अमात्यलगायतका कलाकारले स्वर दिएका छन्। त्यस्तै, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हिसिला महर्जन, मनोज महर्जन, सोहित मानन्धर, श्रीतिका श्रेष्ठ, रवि डंगोल, सलोना बज्राचार्य, भिन्तुना जोशी, रोजिना सुवाल, सुदित श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।
ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले आयोजना गरेको कलाकार मुना (भेला) सम्मान तथा सांस्कृतिक कार्यक्रममा गीत निर्माणमा सहभागी कलाकार, संगीतकर्मी, वाद्यवादक, प्राविधिक तथा सहयोगीलाई सम्मानपत्र प्रदान गरिएको थियो। ललितपुर वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको विख्यात अभिनेता मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष शाक्यले कलाकारहरूको प्रगतिका लागि स्थानीय तहबाट पर्याप्त कार्यसम्पादन हुन नसकेको उल्लेख गरे। कलाकार हकहितका विषयमा कलाकार समिति संयोजक सुरजवीर बज्राचार्यले ऐतिहासिक प्राचीन नाचहरूको संरक्षणस“गै आजको पुस्ताबाट सोही स्तरका सिर्जना गर्ने वातावरण निर्माणमा स्थानीय तह र सरकारको भूमिकाको खोजी भइरहेको चर्चा गरे।











प्रतिक्रिया