निशाको राष्ट्र देवो भवः



गायिका निशा देसारको स्वरमा चिजकुमार श्रेष्ठको राष्ट्रभक्ति गीत राष्ट्र देवो भवः हालै सार्वजनिक भएको छ।

गीतकार आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ।

देशभक्तिले भरिएको गीतमा नेपालीलाई एकता जोगाई मैत्री भावना विस्तार गर्न अनुरोध गरिएको छ। गीतले भन्छ

मुटु मुटु श्वासमा चल्छ देश भने
नशा नशा रगतमा बग्छ देश भने
पर्दैन ईश्वर खोज्नलाई
स्वर्ग यतै अब रोज्नलाई
माटोमै छ ईश्वर राष्ट्र देवो भव: ।

चिजकुमार श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका निशा र गीतको टिमलाई देख्न सकिन्छ। भिडियोमा प्रकाश मिश्रको निर्देशन र अजय रेग्मीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्