सांगीतिक सिनेमामा समलिंगी



सांगीतिक सिनेमामा समलिंगी नेपाली सांगीतिक बजारमा हालै समलिंगी नामक म्युजिकल सिनेमा सार्वजनिक गरिएको छ।

म्युजिक सिनेमा हालसम्म बनेका भन्दा फरक कथा र विषय समेटेर निर्माण गरिएको निर्माण पक्षको दाबी छ। शिरिषा पौडेलको शब्द रचना, भीम बिसीको संगीत र समीक्षा अधिकारीको स्वर रहेको सिनेमामा दीपशिखा खड्का र सृष्टि खड्कालाई फिचरिध्र गरिएको छ। दीपशिखा खड्काले निर्देशन गरेको भिडियोमा वसन्त सापकोटा क्रियटिभ डाइरेक्टर रहेका छन् भने छायांकन दिनेश पराजुली र सम्पादन सिलन लम्सालको छ।

प्रतिक्रिया दिनुहोस्