२ देउडा गीत सार्वजनिक



पत्रकार तथा गीतकार डिबी खड्काको शब्द रचनामा दुई डेउडा गीत युट्युवमार्फत् सार्वजनिक गरिएको छ।

गायक गायिका सुनिल नेपाली र रेखा जोशीको स्वरमा लाउकी मायाजाल तथा गायक गायिका रवि ओड र अनिता चलाउनेको स्वरमा कर्णाली पारीको बोलको गीत सार्वजनिक भएका हो। गीतमा संगीत र एरेन्जमेन्ट विनोद बाजुरालीको छ। गीतको भिडिओ शंकर बिसीले निर्देशन गरेका छन् भने शंकर र रवि ओडसँगै कविता नेपाली, मिस पवि (पवित्रा साकी) र शिवु पाण्डे फिचर्ड छन्। छायाँकन नवराज उप्रेती र सम्पादन नवीन घर्तीमगरको छ।

लाउकी मायाजालमा डिबीसँगै भीम थापा नायक र निर्मला कार्की विष्टको शब्द छ। गीतमा कटक नेपालीको संगीत र केशव बाबुको एरेन्जमेन्ट रहेको छ। भिडियो विक्रम चौहानले निर्देशन गरेका छन् भने छायाँकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानको छ।

प्रतिक्रिया दिनुहोस्