घटनाको दिन सारुकको पितालाई फोन गरेकी थिइन् नम्रताले



सारुकका अभिनेता पिता सानुकुमार ताम्राकारले प्रहरीले एक दुई दिनमा पोस्टमार्टम रिपोर्टबारे जानकारी दिने र अनुसन्धानको घेरालाई अघि बढाउने जनाएको नेपाल समाचारपत्रलाई जानकारी गराए।

ञप्रहरी वृत्त, मालीगाउँले पर्सी निपर्सीतिर पोस्टमार्टम रिपोर्ट आउने र जानकारी दिने बताएको छ। आज (आइतबार) घर अगाडिको सिसी क्यामरा फुटेज पनि लिएर गएको छ। उसले त्यो कदम किन र कसरी उठायो भन्नेबारे हामी अन्योलमा छौ। अहिले नै केही भन्न सक्ने अवस्थामा छैनौ। १३ दिनको काम सकिएपछि यसमा लाग्छौं, जादुगरसमेत रहेका उनले भने। ताम्राकारका अनुसार घटनाका दिन उनले सारुकलाई आफन्तको ८४ जन्मदिनको भोजमा जानका लागि बोलाएका थिए। तर, निर्धारित समयसम्म पनि सारुक सम्पर्क नआएकाले फोन गर्दा उठेको थिएन। पछि घर जाँदा ढोका भित्रबाट बन्द थियो र प्रहरी बोलाएर ढोका फोडेर हेर्दा उनलाई झुण्डिएको अवस्थामा भेटिएको थियो। ञत्यही दिन चार सवा चार बजेतिर नम्रता श्रेष्ठको फोन आएको थियो। उनले नशा च्यापिएको खुट्टा कस्तो छ बुबा भनेर सोधेकी थिइन्। नशा च्यापिएको समस्याबारे मैले त उनलाई भनेको थिइन्, सायद शारुकसँग कुरा हुँदा थाहा भएको होला। म भोजमा भएकाले पछि कुरा गरुँला भनेर राखिदिएँ। तर, घर जाँदा त त्यस्तो भएको रहेछु सानुकुमारले सुनाए ञपछि नम्रतालाई फोन गरेर उसको घाँटीमा सिक्री थियो, अहिले देखिनँ भनेर सोध्दा प्रपटीका लागि ड्रेसम्यानले राखेको छ भनिन्। ह्यासट्याग मायामा सँगै काम गरे पनि नम्र्रता सारुकको अन्तिम संस्कारमा देखिइनन्, न त उनी समवेदना प्रकट गर्न उनको परिवालाई नै भेट्न पुगेकी छन्। पशुपतिमा त केही होसै थिएन। को को आयो थाहै छैन। नम्रता घरमा त भेट्न आएको छैन। घटना भएकै दिन शुरुमा उनले मेरो हेल्थ बुभ्mन फोन गरेकी थिइन्। पछि सिक्रीबारे बुभ्mन मैले फोन गरेको थिएँ। अहिलेसम्म हामीलाई भेट्न त आएकी छैनन्, ताम्रँकारले भने। उनका अनुसार सारुकको घाँटीको बुटी भ्mयालमा झुन्ड्याएको अवस्थामा भेटिएको थियो।

निर्माणाधीन फिल्म ह्यासट्याग मायामा सँगै काम गरेको हिसाबले सारुकको आत्महत्या प्रकरणबारे बुभ्mनका लागि नेपाल समाचारपत्रले नायिका नम्रतालाई सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहिनन्।

प्रतिक्रिया दिनुहोस्