पहिले अन्तर्वार्ता आउँदा सुनाउन मन लाग्थ्यो अहिले लुकाउन मन लाग्छ : दीपाश्री निरौला



कलाकर्मीहरुले नेपाली फिल्ममा मिडियाको प्रभाव बलियो रहेको, तर विश्वसनीयता गुमाउन नहुनेमा जोड दिएका छन्।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा गत शुक्रबार राजधानीमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव विषयक अन्तक्र्रिया कार्यक्रम कलाकर्मीहरुले यस्तो धारणा व्यक्त गरेका हुन्।

अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मामुको जस्तै भएको चर्चा गर्दै अहिले प्रत्येक मानिस नै मिडिया जस्तो भएकाल पत्रकारले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन्। उनले, पहिले पहिले आफू अन्तर्वार्ता दिन भनेपछि उत्साहित हुने गरेको तर, हाल मिडियाको प्रश्न बन्दुक सोझ्याएजस्तो लाग्न थालेको अनुभव सेयर गरिन्। पहिले पहिले कलाकारलाई मिडियाले टिकाउने गर्थे। तर, अहिले बिकाउने गर्छन्। पहिले अन्तर्वार्ता आउँदा अरुलाई सुनाउन मन लाग्थ्यो, अहिले लुकाउन मन लाग्छ। यसैले, मिडियाले सत्य तथ्य झेर लेखिदिए हामीलाई बाँच्न सजिलो हन्थ्योु दीपाश्रीको भनाइ थियो।

अर्की अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको बताइन्। ञनेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु पनि पत्रकारिता गरेर नै यो क्षेत्रमा आएका हुन्। फिल्मको विकासमा मिडियाको प्रभाव बलियो छ। तर, मिडियाले विश्वसनीयता गुमाउन हुँदैन। पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न सक्दैनु केकीको निक्र्योल थियो। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको आरोप लगाउँदा मिडियाले सत्यतथ्य बुझेर समाचार लेखिदिए कलाकारले न्याय पाउने बताए। निरौलाले पेशाकर्मीको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने गरेको जनाउँदै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए।

पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबीच दूरी परिस्थितिले सिर्जना गरेको बताए। फिल्म क्षेत्र आफैंमा व्यावसायिक छैन भने मिडिया कसरी व्यवसायिक हुन सक्छ? हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उँभो लाग्यो भन्न सक्दैनौं। यसैले, सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबै लाग्न आवश्यक छु नेपाल टेलिभिजनको महाप्रबन्धक रहेका उनले भने। बलले अब कुनै पनि कलाकारलाई स्टार बनाउनमा कुनै मिडिया हाउसले भन्दै पनि कुनै एक पत्रकारले सक्ने तर्क गरे। चलचित्र विकास बोर्डका सदस्य केएल बुढाथोकीले फिल्म क्षेत्रको विकासमा मिडियाले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता आल्याए। निर्देशक नवल नेपालले फिल्म पत्रकार र कलाकार दुवैले एक अर्कालाई जस्तो व्यवहार गयो, त्यस्तै व्यवहार आफूलाई पनि आउँछ भन्ने बुनुपर्ने बताए। संघका केन्द्रीय कार्यक्रम उपाध्यक्ष कुबेर गिरीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा मिडियाकर्मी र फिल्मीकर्मीले एक अर्कासँग दूरी बनाएर अघि बढ्न नसक्ने चर्चा गरेका थिए। संघका अध्यक्ष समिर बलामीले संघले हरेक महिना अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने जनाए।

प्रतिक्रिया दिनुहोस्