ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने समितिको निर्णय



काठमाडौं ।

अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ ।

मंगलबार बिहान बसेको समितिको बैठकले अघिल्लो निर्णय सच्याउँदै मापदण्ड पुर्याएर लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यसअघि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतलाई पत्र पत्र पठाइएको थियो । आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्