रसुवामा १०औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू



सुवा । रसुवाको कालिकास्थान मा १०औँ जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । उक्त रनिङ्ग शिल्ड २३ वर्षपछि सदरमुकाम बाहिर हुन लागेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाको खेलकूदप्रति लगाव बढाउन हरेक वर्ष आयोजना हुँदै आईरहेको छ । प्रतियोगिता सञ्चालन गर्न कालिका गाउँपालिकाले तत्परता लिएपछि झण्डै साढे २ दशकपछि जिल्ला सदरमुकाम बाहिर गर्न लागिएको हो ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमले प्रतियोगिता सञ्चालनका लागि खर्च धान्न कठिनाइ भएको बेला कालिका गाउँपालिकाले आयोजना गर्ने जिम्मेवारी लिएर कालिकास्थानमामा प्रतियोगिता गर्ने तयारी भएको जिल्ला खेलकूद विकास समिति अध्यक्ष सुजन न्यौपानेले बताउनुभयो ।

कालिका गाउँपालिका अध्यक्ष हरिकृण्ण देवकोटाले जिल्लास्तरिय प्रतियोगिता सञ्चालनको तयारी पूरा भएको जानकारी दिनुभयो । जिल्लास्तारिय १०औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खटिने प्रशिक्षक तथा रेफ्री र पाहुनाहरुका लागि यातायात, आवास व्यवस्था गर्न ५ वटै तहका पालिकाले विषयगत समिति बनाएर काम पूरा गरिसकेको गाउँपालिका अध्यक्ष देवकोटाले बताए ।

प्रतियोगितालाई व्यवस्थित वनाउन सबै प्रयासहरु गरिएकोले असुविधा होला कि भन्ने चिन्ता नगर्न गाउ पालिका उपाध्यक्ष मिरा लामाले सरोकारवालासंग आग्रह गर्नुभएको छ ।

फागुन १० गतेदेखि १३ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल, एथ्लेटिक १००, २००, ४००, ८००, १५०० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने जिल्ला खेलकूद विकास समितिका कार्यालय कार्यालय सचिव रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको उदघाटन बागमति प्रदेशसभा सदस्य ईन्द्र गौतमले गर्ने कार्यक्रम तय भएको छ भने समापन संघीय सासद ईन्जीनियर मोहन आचार्यले गर्नुहुने जिल्ला खेलकूद विकास समिति कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्