चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने


काठमाडौं।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न खेलमा सुदूरपश्चिमले चितवनलाई ३ विकेटले हराएको हो। रोमाञ्चक बनेको खेलमा सुदूरपश्चिमले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १३६ रनको लक्ष्य पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले महत्वपूर्ण योगदान दिए। उनले ४२ बलमा ७ चौकाको मद्दतले ५३ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। खेलको अन्तिम समयमा उनले चौका प्रहार गर्दै सुदूरपश्चिमको जित सुनिश्चित गरेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै पूरा गरेको हो।

यस जितसँगै सुदूरपश्चिमले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँगको भेट पक्का गरेको छ। शनिबार हुने फाइनलमा दुवै टोली आमनेसामने हुनेछन्।

सुदूरपश्चिमका लागि यसपटकको फाइनल विशेष अवसरसमेत हुनेछ। टोली लगातार तेस्रो संस्करणमा फाइनल पुग्ने लक्ष्यसहित अघि बढेको छ। यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग उपाधि भिडन्तमा चुकेको थियो।

अब शनिबार हुने फाइनलमा लुम्बिनीलाई हराउँदै पहिलोपटक एनपीएल उपाधि जित्ने लक्ष्य सुदूरपश्चिमको हुनेछ। अर्कोतर्फ लुम्बिनी भने उपाधि रक्षा गर्ने योजनामा मैदान उत्रनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।