काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १:४५ बजे भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सहभागी हुनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि आफ्नै खर्चमा भ्रमणमा जानेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल विस्तार तथा विभिन्न विकास परियोजनाबारे छलफल हुने कार्यक्रम छ।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।








तपाईंको विचार लेख्नुहोस्