हिमालयन गोल्डले जित्यो कलाकर्मीको मन


धीराज राजवंशीको डेब्यू निर्देशनमा बनेको फिल्म हिमालयन गोल्डले प्रिमियरमा सहभागीको प्रशंसा पाएको छ। आज शुक्रवार एकसाथ नेपाल र भारतबाट रिलिजमा आउने फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तु, हिमाली दृश्य, छाया“कन, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्।

ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको भाषा केही कडा लागे पनि दृश्य, अभिनय र समग्र प्रस्तुति अन्तर्राष्ट्रिय स्तरको रहेको बताए। विशेषगरी हिमाली दृश्य र अभिनेत्री परीक्षा लिम्बूको अभिनयले आफूलाई प्रभावित पारेको उनले बताए। फिल्ममा यार्सागुम्बा टिप्ने क्रममा हुने लुटपाट, झगडा र मानवीय क्षतिका घटनालाई आफूले यसअघि पनि सुनेको उल्लेख गर्दै उनले ती विषयलाई पर्दामा हेर्न पाउनु राम्रो अनुभव भएको बताए। फिल्म नेपालमा भन्दा विदेशमा अझ राम्रो चल्न सक्ने उनको अनुमान छ। निर्देशक दीपेन्द्र के खनालले भने हिमालयन गोल्डलाई आर्ट हाउस र कमर्सियल फिल्मको सन्तुलित मिश्रणका रूपमा व्याख्या गरे।

ट्रेलर हेर्दा फिल्म पूर्णत: आर्ट हाउस शैलीको होला भन्ने लागे पनि पर्दामा हेर्दा दुवै धारको विशेषता पाएको उनको प्रतिक्रिया थियो। कर्मा शाक्य, सजनलगायतका कलाकार र नया“ अभिनेता स्व. सुनिल थापाको अन्तिम फिल्म हेर्न पाउनु पनि आप्mना लागि विशेष भएको बताए। अभिनेत्री लक्ष्मी वर्देवाले यसलाई नेपाली फिल्ममा विरलै हेर्न पाइने खालको फिल्मका रूपमा चित्रण गरिन्। विशेषगरी सिनेम्याटोग्राफी, कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गर्दै उनले नेपाली परिवेशकै अपराधस“ग जोडिएको फरक विषयलाई पर्दामा उतार्नु सकारात्मक रहेको बताइन्। परीक्षा लिम्बू, कर्मा शाक्य, सजनलगायतका कलाकारको अभिनय राम्रो लागेको जनाउदै उनले साना भूमिकामा देखिएका कलाकारले समेत प्रभावशाली काम गरेको प्रतिक्रिया दिइन्।

फिल्ममा निर्माण टिमको मेहनत स्पष्ट देखिएको उनको भनाइ थियो। अभिनेता नाजिर हुसेनले यसलाई नेपाली फिल्ममा दर्शकले खोजिरहेको अतिरिक्त स्वाद दिने फिल्मका रूपमा व्याख्या गरे। यार्सागुम्बास“ग जोडिएका घटना र कथाबारे आफूले पहिल्यै सुने पनि निर्देशकले त्यसलाई सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेको उनको प्रतिक्रिया थियो। फिल्मको लोकेसन र कलाकारको अभिनयस“गै अन्त्यमा प्रस्तुत गरिएको महिलाको दृष्टिकोणले आफूलाई विशेष प्रभावित पारेको उनले बताए। पुरुष पात्रको प्रभावले महिलाको पक्ष ओझेलमा नपारिएको र फिल्मको अन्त्य निकै राम्रो लागेको उनको भनाइ थियो। फिल्ममा प्रयोग भएका केही अपशब्दबारे भने दर्शकको उमेर र दृष्टिकोणअनुसार प्रतिक्रिया फरक हुन सक्ने उनले बताए। आफूले त्यसलाई सहज रूपमा लिए पनि कम उमेरका दर्शकलाई केही असहज हुन सक्ने उनको धारणा थियो।

अभिनेत्री कविता नेपालीले फिल्मको सबैभन्दा प्रशंसनीय पक्ष हिमाली क्षेत्रमा गरिएको छाया“कन र त्यसका लागि निर्माण टिमले गरेको मेहनत रहेको बताइन्। कठिन भूगोलमा पुगेर छायांकन गर्नु आफै“मा चुनौतीपूर्ण काम भएको उल्लेख गर्दै उनले नेपालको प्राकृतिक सुन्दरतालाई फिल्ममा राम्रोस“ग उपयोग गरिएको बताइन्। नेपालमै विदेशी फिल्ममेकरले खोज्ने खालका सुन्दर दृश्य र लोकेसन रहेको कुरा हिमालयन गोल्डले देखाएको उनको प्रतिक्रिया थियो। यार्सागुम्बाको कथास“गै नेपालको प्राकृतिक सम्पदालाई पनि फिल्मले न्याय गरेको भन्दै उनले सबैले फिल्म हेर्नुपर्ने र यसले उचित मूल्यांकन पाउनुपर्ने बताइन्।

प्रिमियरमा सहभागी कलाकारहरूले फिल्ममार्फत अन्तिम पटक पर्दामा देखिएका वरिष्ठ अभिनेता स्व. सुनिल थापालाई पनि सम्झिए। थापाको अन्तिम फिल्म भएकाले उनलाई पर्दामा देख्दा अभाव महसुस भएको अभिनेत्री कविता नेपालीले बताइन्। आप्mनो पहिलो फिल्ममै थापास“ग स्क्रिन सेयर गर्न पाउनु ठूलो अवसर भएको उनको भनाइ थियो। अभिनेता नाजिर हुसेनले कलाकारको भौतिक शरीर नरहे पनि उसको काम र योगदान सधै“ जीवित रहने बताए। थापाका छोरा अनमोल थापा भने बुबालाई ठूलो पर्दामा अन्तिम पटक देख्दा भावुक भए। बुबाको आवाज सुन्दा र बोल्ने शैली देख्दा पुराना सम्झना ताजा भएर आएको उनले सुनाए। यद्यपि, ठूलो पर्दामा अन्तिम पटक बुबाको अभिनय हेर्न पाउनु आप्mना लागि विशेष अवसरसमेत भएको उनले बताए।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बू, सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी, ऋषिकेश बस्याललगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।