काठमाडौं–१९ का बासिन्दाले छत्रपाटी चिकित्सालयबाट ११ हजार १७० रुपैयाँसम्म निःशुल्क उपचार पाउने


काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नं. १९ का स्थायी बासिन्दाले छत्रपाटी निःशुल्क चिकित्सालयबाट प्रतिव्यक्ति ११ हजार १७० रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने भएका छन्।

निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय र चिकित्सालयबीच सम्झौता भएको हो। सम्झौतापत्रमा वडा अध्यक्ष राजेशकुमार श्रेष्ठ र चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बिरामीले पाँच दिनसम्मको बेड शुल्क, पाँच पटकसम्म चिकित्सक भिजिट, एक पटक चिकित्सक जाँच तथा २ हजार ४२० रुपैयाँसम्मको प्रयोगशाला परीक्षण सेवा निःशुल्क पाउनेछन्। तोकिएको सीमाभन्दा बढी ल्याब परीक्षण खर्च भने बिरामी आफैँले व्यहोर्नुपर्नेछ।

यो सुविधा वडा नं. १९ को मतदाता नामावलीमा नाम भएका स्थायी बासिन्दा र उनीहरूका एकाघरका परिवारले पाउनेछन्। सेवा लिन वडा कार्यालयको सिफारिस र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको रेफर पुर्जा अनिवार्य गरिएको छ।

कार्यक्रम सञ्चालनका लागि वडा कार्यालयले वार्षिक अधिकतम १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। सम्झौता आगामी २०८४ असार मसान्तसम्म लागू हुनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।