उदयपुर प्रहरीद्धारा कार्तिकमा ४८ मुद्दाका ३९ प्रतिवादी पक्राउ


उदयपर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८३ कार्तिक महिना भरीमा ४८ थान विभिन्न प्रकृतिका मुद्दा दर्ता गरी ३९ जना फरार प्रतिवादी पक्राउ गरी कार्वाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको प्रेस विज्ञप्तीमा कार्तिक महिनामा जम्मा ४८ थान मुद्दा दर्ता गरेकोमा सामान्य प्रकृतिको मुद्दा २४ थान, गम्भिर प्रकृतिको २३ र जघन्य प्रकृतिको १ थान मुद्दा दर्ता गरेको जनाउको छ ।

चालु ४८ थान मुद्दाका ३१ प्रतिवादी र ८ जना फरार प्रतिवादी गरी जम्मा ३९ जना प्रतिवादी पक्राउ गरी आवश्यक कानुनी कार्वाही भैरहेको जनाउँदै उक्त प्रेस विज्ञप्तीमा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको कसुरमा ३ थान मुद्दा दर्ता भएकामा महिला सम्बन्धी १ थान र

बालबालिका सम्बन्धी २ थान मुद्दा दर्ता भएको जनाएको छ ।
यसैगरी आर्थिक अपराधका मुद्दामा बैकिङ कसुरका मुद्दामा ४ वटा मुद्दा दर्ता भएकामा अनुचित लेनदेनमा२ थान र बैकिङ कसुमा २ थान मुद्दा रहेको छ ।

फैसला कार्यान्वयनतर्फ १४ जना फरार प्रतिवादी पक्राउ गरी कैद सजायमा ११ महिना भुक्तान गर्न र २ हजार १ सय २८ रुपैया नगद जरिवाना असुलीकालागि जिल्ला अदालत उदयपुरमा पेश गरिएको विज्ञप्तीमा उल्लेख छ । महिला कालबालिका तथा जेष्ठ नागरिक तर्फको घरेलु हिंसामा १ थान उजुरी परेको र १ जना पीडकलाई आवश्यक कार्वाहीकालागि नियन्त्रण लिएर अनुसन्धान भएको छ ।

२०८३ कार्तिकमा जम्मा १७ जना मानिस हराएकामा ९ जना महिला ४ जना पुरुष र २ बालक र २ बालिका रहेकामा १४ जना फेला परेका छन् । यसरी फेला पर्नेमा ८ जना महिला, २ जना पुरुष, २ जना बालक र २ जना बालिका रहेको र सो महिनामा कुल १७ जना हराएका मानिसहरु फेला परेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै घरेलु हिंसातर्फ १ थान मुद्दा दर्ता भएकोमा शारीरिक मानसिक यातना रहेको , १ थान उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय उदयपुरद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।