हृदयमा अवस्थित जीवनको उपहार


सफलता प्राप्तिको दबाबलाई आज हरेक मानिस महसुस गरिरहेको छ । मानिसलाई शान्ति र आनन्दका बारेमा कुरा गर्दा उनीहरूको साझा धारणा यही रहन्छ– ‘म जीवनमा सफल हुन चाहन्छु ! आफ्नो व्यवसायलाई अभैm उचाइमा पुर्‍याउन चाहन्छु ।’ यी सबै कुराका बीचमा यदि तपाईंलाई शान्ति आफूभित्रै भएको कुरा थाहा भयो भने तपाईंलाई कस्तो अनुभूत हुन्छ ! यदि कसैले तपाईंलाई भनोस्, ‘तपाईं जब सफल बन्नुहुनेछ तब तपाईंमा यति धेरै दु:खको पहाड बज्रिनेछ जसलाई तपाईंले सहनै सक्नुहुन्न ।’ तपाईं कहिले सफल हुनुभयो, तपाईंलाई यो कुरा कसरी थाहा हुन्छ ? के तपाईंलाई यो दुनियाँले भन्छ ? यदि दुनियाँले भन्न थाल्यो भने त तपाईंले सफलतालाई बिर्सनुहोस् । वास्तवमा तपाईंभन्दा बढी सफल एउटा अर्को व्यक्ति पनि हुनेछ जो तपाईंभन्दा माथि हुनेछ !

यति कुरा थाहा पाएर पनि यदि कसैले तपाईंलाई यस्तो खालको सफलताको कुरा गर्‍यो भने तब पनि तपाईं सफल मानिस बन्न चाहनुहुन्छ ! तपाईं किन सफल हुन चाहनुहुन्छ ? कि तपाईं पनि त्यो अन्धो दौडमा सहभागी भइरहनुभएको छ, किनभने अरू मानिस पनि यसमा सामेल भएका हुन्छन् ! तपाईं त्यस्तो खालको सफलताको खोजी नगर्नुहोस् तर वास्तविक ‘सफलता’ कहाँ प्राप्त होला त ?

एकदिन यो संसारमा आउनुभयो अनि एकदिन तपाईंले यहाँबाट जानुपर्छ । यदि तपाईंले सफलता प्राप्त भएपछि यो संसारबाट जानुपर्दैन भनेर सोच्नुभयो भने यो कुरा कदापि सत्य साबित हुन सक्दैन । यो संसार त जहाँको त्यहीँ नै रहनेछ अनि तपाईं जानुहुनेछ । चाहे तपाईं जोसुकै हुनुहोस् ।
सबैभन्दा ठूलो कुरा त मानिसभित्रै शान्ति छ । शान्ति त्यस्तो चीज हो जसद्वारा मानिसले स्वयंलाई पहिचान गर्न सक्छ । उसले आफ्नो क्षमता के हो अनि उसको कमजोरी के हो भनेर थाहा पाउनुपर्छ । शान्ति त के हो भने मानिसभित्र जुन आँधीबेहरी आइरहन्छ त्यसबाट फुत्केर उसभित्रै रहेको चीजलाई अनुभव गर्न सफल होओस् । शान्तिले जीवनलाई जिउन सिकाउँछ, आभार व्यक्त गर्न सिकाउँछ । आँखा बन्द छ भने बन्दै रहिरहन्छ भन्ने होइन । आँखा चिम्लनु शान्ति होइन । हृदयलाई खोल्नुचाहिँ शान्ति हो । आपूmले आपूmलाई चिन्नुचाहिँ शान्ति हो । आपूmले आपैmँलाई खोज्नु शान्ति हो त्यसपछि वास्तविक सफलता तब हुन्छ जब मानिसले त्यो वास्तविक शान्ति प्राप्त गर्छ ।

आज हामीले यो संसारलाई हेर्ने हो भने आवश्यकताहरूका आधारमा यो सञ्चालित भइरहेको छ । भोक लाग्छ, खानाको आवश्यकता पर्छ । तिर्खा लाग्छ, पानी चाहिन्छ । आराम चाहिन्छ । निद्रा लाग्छ, आराम गर्ने स्थानको खाँचो पर्दछ । आज चलायमान यो संसार यसकारण सञ्चालित भइरहेको छ किनकि मानिसका केही आवश्यकताहरू छन् अनि त्यसलाई पूरा गर्नुपर्ने हुन्छ । यो संसारमा मानिसहरू आवश्यकतालाई पूरा गर्नका लागि हरेक दिन केही न केही गरिरहन्छन् । मानिसका व्यक्तिगत आवश्यकताहरूलाई पूरा गर्नका लागि ऊ कहिल्यै दु:खी हुँदैन । तथापि, त्यो आवश्यकता समाजले, यो संसारले हामीमाथि लादिदिएको छ, थोपरिदिएको छ, त्यसलाई पूरा गर्नका लागि मानिस अवश्य दु:खी हुन्छ । मानिसको वास्तविक चाहना के हो ! तपाईंलाई लाग्दो हो– संसारको भर्‍याङ माथितिर गइरहेको छ । वास्तवमा तपाईं तलतिर गइरहनुभएको छ अनि जहाँबाट तपाईं उक्लिन शुरु गर्नुभएको थियो, तपाईंलाई त्यहीँ नै भएको महसुस हुन्छ ।

प्रकृतिले कसैलाई धनी र गरिब बनाएको होइन । केवल धनीका बारेमा कुरा पनि होइन । वास्तवमा कोही पनि गरिब छैन । आँपको रुखले कसैलाई पनि छुट दिँदैन अनि सबैलाई छुट पनि दिन्छ । त्यसको फल जस्तो छ, त्यस्तै छ । कोही धनीले चाखोस्, गरिबले चाखोस्, चराले चाखोस्, बाँदरले नै किन नचाखोस् तर मानिसले मात्रै सबैलाई फरकपनको आँखाले हेर्छ । हामी सबैभन्दा पहिला मानिस हौँ तर जुन हाम्रो वास्तविक धर्म हो, यदि त्यसलाई बुझेनौँ, आपूmले आपूmलाई बुझेनौँ भने त सबै भएर पनि केही पनि हुँदैन । यो संसारमा हाम्रा जिम्मेवारीहरू के–के छन् भन्ने कुरा हामीलाई थाहा नै भएन । वास्तवमा हाम्रो आफ्ना लागि वहन गर्नुपर्ने दायित्व के हो ? जबसम्म यो कुरा थाहा हुँदैन तबसम्म जीवनमा वास्तविक सफलताका बारेमा थाहा हुँदैन । त्यो वास्तविक सफलतालाई कसरी प्राप्त गर्ने भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो ।

उदाहरणका लागि म तपाईंको साथी हुँ । अनि, तपाईं पहिला कहिल्यै पनि नगएको यात्रामा निस्कनुभएको छ । तपाईं पहिलोपटक गइरहनुभएको छ । तपाईंको सबै तयारी पनि पूरा भयो । त्यसपछि तपाईं मेरो मित्र भएका कारणले मैले एउटा उपहार दिइरहेको छु तर मैले त्यो उपहार के हो भनेर तपाईंलाई भनेको छैन । तपाईं त्यस बट्टालाई लिएर कतै राख्नुहुन्छ । तपाईंसँग एकदमै धेरै सरसामान छ । तर, तपाईंले त्यो कहाँ राख्नुभएको छ भन्ने कुरालाई नै बिर्सनुभएको छ । अब तपाईं निस्कनुभयो । शुरुमा त यो यात्रा निकै रोमाञ्चक भयो अनि सबै कुरा राम्रोसँग चलिरहेको थियो । अब भने बिस्तारै–बिस्तारै गरेर यो यात्रा केही कठिन हुन थाल्छ ।

तपाईंलाई अब त्यो सबै सामान बोक्न सक्दिन भन्ने लाग्न थाल्छ । बिस्तारै–बिस्तारै तपाईंले आफ्नो सामान छोड्नुपर्छ । यस्तो गर्दागर्दै एउटा यस्तो स्थिति पनि सिर्जना हुन्छ, तपाईंसँग अब एउटै मात्र झोला बचेको छ । अनि, तपाईं हिँडिरहनुभएको हुन्छ । तपाईंको अवस्था अब यति धेरै नाजुक हुन थाल्छ कि तपाईंले आपूmलाई एकदमै विपन्न भएको महसुस गर्न थाल्नुहुन्छ । भोकका कारण तपाईंको अवस्था अत्यन्तै दयनीय हुन्छ । तपाईं गाउँमा जानुहुन्छ, हेर्नुहुन्छ– खानका लागि ठाउँ–ठाउँमा पसलहरू राखिएका छन् तर तपाईंसँग पैसा छैन । तपाईंको अवस्था यस्तो हुन्छ, थकित भएर बस्नुहुन्छ ! तपाईं भोकले व्याकुल हुनुहुन्छ । तपाईंले कसैसँग पानी माग्नुभयो भने पनि तिनले पैसा माग्छन् । अब त तपाईंले आपूmले आपूmलाई एकदम धेरै गरिब भएको महसुस गर्नुहुन्छ । अनि, तपाईंले यदि खाना–पानी प्राप्त गर्न पाउनुभएन भने तपाईं जीवित रहन नसक्ने स्थिति सिर्जना हुन्छ । तब तपाईं रुँदारुँदै निदाउनुहुन्छ । कसैले आएर तपाईंलाई उठाउँछ । तपाईंको आँखाबाट आँसु बगिरहेको हुन्छ अनि तपाईंले मलाई अर्थात् आफ्नो मित्रलाई पाउनुहुन्छ ।

म तपाईंसँग सोध्छु, ‘मित्र ! के भयो तिमीलाई ?’ भन्नुहुन्छ, ‘के भनूँ ? सारै दयनीय अवस्था छ !’ म सोध्छु, ‘मैले दिएको उपहार तिमीले पाएनौ ?’ भन्नुहुन्छ, ‘कस्तो उपहार ?’ म भन्छु, ‘थाहा छ, जब तिमी हिँड्न लागेका थियौ नि त्यतिखेर मैले तिम्रो लागि एउटा उपहार दिएको थिएँ ।’ भन्नुहुन्छ, ‘हजुर ! याद आयो !’

म सोध्छु, ‘कहाँ छ त्यो उपहार ?’ भन्नुहुन्छ, ‘थाहा छैन, कहाँ पो राखेँ ? मैले पछाडि यति धेरै सामानलाई छोड्नुपर्‍यो । हुन सक्छ, त्यसैमा हरायो होला !’ म सोध्छु, ‘तिमीले खोज्ने कोशिश गर्‍यौ ?’ भन्नुहुन्छ, ‘अहँ !’ पुन: सोध्छु, ‘अब तिमीसँग के बाँकी छ ?’ भन्नुहुन्छ, ‘अब एउटा झोला मात्रै छ !’ म भन्छु, ‘त्यसमा खोज्यौ त ! खोज !’

तपाईं खोल्नुहुन्छ । त्यसमा त्यो उपहार हुन्छ । म भन्छु, ‘के हो यो ? खोलेर त हेर !’ खोलेर हेर्नुहुन्छ । त्यसमा लाखौँको हिरा हुन्छ । अब हिरालाई खान त मिल्दैन तर बेच्नचाहिँँ सकिन्छ । अनि, तपाईंले त्यो हिरालाई बेचेर मनले चाहेको खाने कुरा खान सक्नुहुन्छ । अर्थात्, उनका लागि सबै कुरा प्राप्त हुन सक्छ ।

हामी यो यात्रामा हजारौँ सपना बोकेर हिँडेका छौँ । थाहा छैन हामीले कति उपहार प्राप्त गर्‍यौँ पनि होला । तर, एउटा उपहार फेरि पाइरहिएको छ, त्यो हो– यो ‘जीवनको उपहार’ । यो ‘श्वासको उपहार’ । जुन चीज हाम्रो हृदयमा अवस्थित छ– त्यो उपहार ! त्यसलाई खोलेका छैनौँ । अनि, अवस्था यति नाजुक भइसक्यो कि परिस्थितिले विवश भएका छौँ । यो विवशतामा पनि त्यो उपहारलाई खोल्न चाहेका छैनौँ । यसकारण योभन्दा दरिद्र अरू कोही पनि हुन सक्दैन ! त्यसलाई खोल्नुहोस् । हिरा त हिरै हो ! तर, हिराभन्दा पनि मूल्यवान् चीज त तपाईंभित्रै छ । अत: सबैभन्दा पहिला आपूmले आपूmलाई चिन्नु, आपूmले आपूmलाई पहिचान गर्नु अत्यन्तै आवश्यक कुरा हो ।

कोही शारीरिक रूपले निकै सक्षम र बलिया हुन्छन् । यद्यपि यो सधैँ रहिरहँदैन । उमेर ढल्कँदै गएपछि सबैथोक अहिले भएजस्तै त्यतिखेर हँुदैन । मानिसको वास्तविक क्षमता के हो त ? एउटा यस्तो क्षमता छ जुन सबैभित्र छ, चाहे ऊ गरिब होस् या धनी । हामीले प्रयोग नै नगरेको त्यो क्षमता के हो ? त्यो क्षमता हो– आपूmले आपैmँलाई चिन्ने अनि वास्तविकतालाई अपनाउने । हामी जीवित भएसम्म निराश हुन आवश्यक छैन । यो हो हाम्रो वास्तविक सामथ्र्य ! यो मानिसको साँचो क्षमता हो– आपूmले आपैmँलाई चिन्नु, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण बनाउनु ।

‘मेरा बारेमा अरूले के सोचिरहेका छन्’ भनेर मानिसले सोच्नुहुँदैन । यदि तपाईं जीवनमा कुनै कारणले असफल हुनुभयो भने पनि त्यो असफलतालाई कहिल्यै स्वीकार नगर्नुहोस् । पहिला पनि तपाईंले यस्तो गर्नुभएको छ । बाल्यावस्थामा तातेताते गर्दै हिँड्न सिकिरहेको समयमा कैयौँपटक तपाईंले उठ्ने कोशिश गर्नुभयो तर फेरि लड्नुभयो । हिँड्न नसिकेसम्म तपाईंले हारलाई स्वीकार गर्नुभएन । परिणामस्वरुप तपाईंले हिँड्न सिक्नुभयो ।

हामीभित्र श्वास आइरहेको कारणले नै हामीसँग यो सामथ्र्य छ । अर्थात्, हामी जीवित छौँ । यो कुनै सानोतिनो कुरा होइन । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जीवित भएकै कारणले मानिससँग यो क्षमता छ । तपाईंलाई यो वास्तविकता अवगत भएपछि तपाईं कति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा बझ्नुहुनेछ । सृष्टिकर्ताले उपहारका रूपमा दिएका तपाईंको वास्तविक क्षमता के हो ? कुरा के मात्र हो भने, हामीले आफ्नो जीवनमा त्यसलाई स्वीकार गरिरहेका छौँ या छैनौँ ? यदि स्वीकार गर्‍यौँ भने त्यो क्षमता हामीबाट टाढा छैन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।