शैलुङमा अल्ट्रा म्याराथन प्रतियोगिता हुने



रामेछाप । रामेछापको शैलुङ अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । शैलुङ क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ पहिलो पटक शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा आगामी चैत्र ४ गते संचालन गरिने भएको छ । विभिन्न तीन विद्यामा हुन लागेको उक्त दौड प्रतियोगीताको उद्धेश्य अन्तरीक तथा बाह्य पर्यटक माझ स्थानीय स्तरमा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।

जिल्लामै पहिलो पटक हुन लागेको शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) विभिन्न तीन विद्यामा संचालन गर्न लागिएको हो । जसमा ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दुरी प्रतियोगीतामा भाग लिने खेलाडीले दौडिएर पार गर्नुपर्ने छ । यी तीन वटै विद्यामा महिला र पुरुष खेलाडीहरुले सहभागीता जनाउन पाउने छन् ।

म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद रु.७५ हजार, द्धितीय हुने खेलाडीलाई ३५ हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई २० हजार रुपैयाँ रकम र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद ४० हजार, द्धितीय हुने खेलाडीलाई २० हजार र तृतीय हुने खेलाडीलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यसैगरी ५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीलाई नगद १५ हजार, द्धितीय हुुने खेलाडीलाई १० हजार र तृतीय हुने खेलाडीलाई नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिन जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्