डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने


एजेन्सी । 

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ताहरूमा’ समाप्त हुने सामाजिक मिडियाले जानकारी दिएको छ ।

एक विज्ञप्तिमा मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले भने कि जनताले ‘उनीहरुका  राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न सक्षम हुनुपर्दछ । ’

ट्रम्पको खाताले अब सार्वजनिक सुरक्षाको लागि गम्भीर जोखिम प्रतिनिधित्व नगर्ने एक समीक्षाले पत्ता लगाएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।