अमेरिका।
अमेरिकामा हवाई यातायात सेवा अझै सामान्य अवस्थामा फर्कन सकेको छैन। राष्ट्रव्यापी उडान प्रतिबन्ध लागू भएको दुई दिन बितिसक्दा पनि हजारौं उडान रद्द हुनुका साथै ठूलो संख्यामा उडानहरू ढिलाइ भएका छन्।
आइतबार मात्रै अमेरिकाभर ८ हजार ८ सयभन्दा बढी उडान ढिलाइ भएका छन् भने करिब २ हजार ४ सय उडान रद्द गर्नुपरेको छ।
अमेरिकी यातायात सचिव शन डफीले सोमबारसम्ममा हवाई सेवा सामान्य अवस्थामा फर्कन सक्ने बताएका छन्। उनका अनुसार धेरै विमान तथा चालक दल निर्धारित स्थानमा नरहेकाले उडान सेवा नियमित हुन केही समय लाग्नेछ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई ट्राफिक नियन्त्रण प्रणालीलाई आधुनिक बनाउन थप बजेट स्वीकृत गर्न अमेरिकी कंग्रेससँग आग्रह गरेका छन्।
शुक्रबार अमेरिकाबाट हुने उडानहरूमा प्रतिबन्ध लगाउने निर्णयपछि देशभरका विमानस्थलमा यात्रुहरू प्रभावित भएका थिए। त्यसयता उडान रद्द र ढिलाइको समस्या जारी रहँदा हवाई यातायात सेवा पूर्ण रूपमा सामान्य हुन सकेको छैन।-बीबीसी











प्रतिक्रिया