बस र ट्रक ठोक्किँदा २० जनाकाे मृत्यु


एजेन्सी  ।

उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले जानकारी दिनुभएको छ ।

स्थानीय सञ्चारमाध्यमले यसअघि लुगाको प्रान्तको नगुउने सार सहरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ रहेको बताएको थियो । पीडितहरूलाई लुगा र सेन्ट लुइसका अस्पतालहरूमा ल्याइएको फोफानाले बताउनु भएको छ ।

घाइतेहरुको उपचारका लागि सबै व्यवस्था मिलाइएको छ । सोमबार भएको यो दुर्घटना सेनेगलको केन्द्रीय काफ्रीन क्षेत्रमा अर्को ठूलो दुर्घटना भएको एक हप्तापछि भएको छ ।

गत जनवरी ८ मा दुईवटा बसहरू ठोक्किएपछि ४२ जनाको मृत्यु भएको थियो । त्यस त्रासदीको प्रतिक्रियास्वरूप सरकारले अन्तरमन्त्रालय बैठक बोलाएर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू घोषणा गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।