फिलिपिन्समा शान्तिको लागि एकता सम्मेलन



काठमाडौं ।

फिलिपिन्समा शान्तिको लागि एकता स्थापना गर्न पहिलो राष्ट्रिय शान्ति सम्मेलन फिलिपिन्स इन्टरनेशनल कन्भेन्सन सेन्टर (पिआइसीसी)मा बुधबार हुने भएको छ । मार्कोस प्रशासनको एजेन्डा अनुरूप शान्तिको माध्यमबाट राष्ट्रिय एकताको प्राप्ति तर्फको रोडम्याप स्थापना गर्ने उद्देश्यले “शान्तिले एक राष्ट्र, एक भविष्य निर्माण गर्छ – शान्ति यहाँ छ” भन्ने नाराका साथ उक्त शान्ति सम्मेलन सुरु हुन लागेको हो ।

उक्त कार्यक्रमको आयोजना र नेतृत्व उच्च शिक्षा आयोग आयुक्त डा.रोनाल्ड एडमाटको अध्यक्षतामा भएको स्थानीय शान्ति संस्था, भोलिन्टर इन्दिभिजुअल्स् फर पिस(भिआइपी)ले गरेको हो। कार्यक्रममा राष्ट्रिय शान्ति दिवस विशेष छुट्टीको रुपमा सम्भावित घोषणाको लागि राष्ट्रपति बोङ्बोङ मार्कोसलाई एक प्रस्ताव प्रस्तुत गरिने छ  ।

उक्त कार्यक्रम दक्षिण कोरियाका शान्ति अधिवक्ता र युद्ध दिग्गज ली म्यान-हीको अध्यक्षतामा दक्षिण कोरियामा आधारित एनजीओ, हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल)को सहभागिता हुने छन्  । एचडब्लुपीएलसँग भिआइपी र चेदको साझेदारीमार्फत, राष्ट्रिय स्तरमा शान्ति शिक्षाको परिचय र अन्तर्राष्ट्रियस्तरमा शान्ति गतिविधिहरूको सहयोगलाई अगाडि बढाइएको छ। ९२ वर्षीय एचडब्लुपीएलका अध्यक्ष जनवरी २४ एचडब्लुपीएल शान्ति दिवसको ९ औं वार्षिकोत्सवको स्मरणमा फिलिपिन्स आउँदैछन्।स्थानीय समुदायहरूबीच मेलमिलापलाई बढावा दिन २०१४ मा जनरल सान्तोस शहरमा हस्ताक्षर गरिएको नागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा प्रत्येक वर्ष शान्ति दिवस मनाइन्छ।

कायक्रममा दुवै आयोजक संस्थाका अध्यक्षहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका लागि हासिल गरेका उपलब्धि र योजनाहरू प्रस्तुत गर्नेछन्  । उक्त कार्यक्रममा  उपराष्ट्रपति सारा डुटेर्टेलाई पनि बोल्न आमन्त्रित गरिएको छ।यसबाट राष्ट्रिय एकता र दिगो विकास हासिल गर्ने फिलिपिन्सको संकल्पलाई बलियो बनाउने शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि समग्र दृष्टिकोणसहितको राष्ट्रिय शान्ति ढाँचाको निर्माण गरिनेछ ।

कार्यक्रममा सांसद, विश्वविद्यालयका अध्यक्ष तथा शिक्षाविद्, युवा तथा महिला अगुवाहरु, सञ्चारमाध्यम, धर्मगुरु, नागरिक समाज संगठन लगायत विभिन्न क्षेत्रबाट १ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्