सवारी चालक उन्नत तालिम सञ्चालन



काठमाडौं ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक उन्नत तालिम आइतबारबाट सञ्चालन भएको छ ।

सोही महाशाखाका प्रहरी उपरीक्षक ई दिनेश केसीले उक्त तालिमको उदघाटन गर्दै सवारी साधनमा नयाँ प्रविधिको बारेमा जानकारी गराई थप दक्ष एवं कुशल चालक तयार गर्नु तालिमको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई कमलेन्द्र लाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २९ जना गरी कूल ३६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्