प्राइम बैंकद्वारा लाभांश घोषणा



काठमाडौं, (नेस) ।

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको ४३३औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रतिशेयर १६ दशमलव ६३१३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमध्ये १६ प्रतिशतका दरले बोनस शेयर र बाँकी अघिल्ला वर्षका लाभांशमा कर तिर्नुपर्ने तर असुल हुन छुटेका तथा यस वर्ष कर तिर्नुपर्ने शेयरधनीको कर रकममा मिलान गर्ने प्रयोजनार्थ० नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्