सुकम्बासी झडप: मृतकका परिवारलाई प्रदेश सरकारद्धारा जनही १ लाख प्रदान गर्ने



यमलाल भुसाल,बुटवल ।

लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रुपेन्देहीको मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्वासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्नुभएको छ । सरकारले मृतकका परिवारलाई जनही १ लाख राहतस्वरुप प्रदान गर्ने पनि उहाँले निर्देशन दिनु भयो ।

सोमबार बसेको सुरक्षा समितिको बैठकमा यस्तो निर्देशन दिनुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या सामाधान सुझाव कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीको प्रतिनिधी, नापी कार्यालय रुपेन्देही प्रतिधिनी, औद्योगिक ग्राम रुपेन्देहीको प्रतिनिधी, भूमिहिनको प्रतिधिनी लगायतको टोली सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी प्रदेश सरकारकाबाट मोतिपुर घटनाका मृत्यकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने, सो घटनाका मृत्यकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गर्नुभएको छ । उहाँले यसैगरी दुवै पक्षबाट भएका घाइतेहरुको उपचारको जिम्मेवारी राज्यले लिने बताउनुभयो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनको लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्नका लागि अनुरोध गर्दै आगामी दिनमा सबैले ध्यान दिनका लागि आग्रह गर्नभएको छ ।

प्रतिक्रिया दिनुहोस्