राप्रपाको सक्रिय सदस्यता वितरण गर्ने म्याद थप



काठमाडौं  । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ । कार्तिक २७ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरेको राप्रपाले सक्रय सदस्यता विवरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गते सम्म थप गर्ने निर्णय गरेको छ।

आइतवार बसेको केन्द्रिय विशेष समितिको बैठकले सो निर्णय गरेको केन्द्रिय सचिवालयका प्रमुख भास्कर भद्राले जनाकारि दिनुभएको हो । बैठकले जिल्ला अधिवेशन गर्ने अवधि पनि कार्तिक १४ गते सम्म थप गर्ने निर्णय गरेको छ । सचिवालय प्रमुख भद्राका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन कार्तिक ११ देखि १७ गते सम्म गर्ने निर्णय भएको छ ।

आइतवार बसेको बैठकले सात वटै प्रदेश कार्य समितिको अधिबेशन कार्तिक २३ गते सम्म थप गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ तथा भक्तपुर र पाँचथर जिल्लाको हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्नेम्याद कार्तिक १५ गते सम्म गरिने भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन १७ गते सम्म र जिल्ला अधिबेशन कार्तिक २३ गते सम्म गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्