ईपीएल फाइनल :पोखराविरुद्ध चितवन फिल्डिङमा



काठमाडौँ ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) फाइनल त्रिवि क्रिकेट मैदानमा सुरु भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेलमा चितवनले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

टस हारेको पोखराले केहीबेरमा ब्याटिङ थाल्ने छ । पोखराको कप्तानी विनोद भण्डारीले गरको छन् भने चितवन सोमपाल कामीको कप्तानीमा रहेको टिम हो । आजको उपाधि विजेताले ५० लाख तथा उप विजेताले १५ लाख नगद पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस्