दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या



न्युज अफ नेपाल, जनकपुरधाम ।

धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ७ फुलगामा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

आमा २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साह रहको डीएसपी बस्नेतले जानकारी दिए । मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्