कांग्रेसले भन्यो: ग्रामिण क्षेत्रका सडक सहज बनाउ



अमृत अर्याल, स्याङ्जा ।

गत आर्थिक वर्ष विनियोजित बजेटको आधा रकम सडक निर्माणमा खर्च गरेपनि जिल्लाका अधिकांश ग्रामिण सडक पहिरोका कारण अवरुद्ध भएका छन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि घर घरमा पुग्ने गरी डोजरको अत्याधिक प्रयोग गरी बाटो खनिएपनि बर्षाको पानीले गत बर्ष खनिएका सवै सडक पहिरोका कारण अवरुद्ध भएका छन ।

चाडवाड नजिकिए सँगै ग्रामिण क्षेत्रका सडकहरु सहज बनाउन माग गरिएको छ । नेपाली काँग्रेसले दशैतिहार मनाउन गाँउ फर्केने नागरिकलाई यात्रामा सहज बनाउन माग गर्दै स्थानीय पालिकाहरुलाई अनुरोध गरेको छ । बर्षादले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध देखि जिर्ण अबस्थामा पुगेकाले सडकलाई सहज बनाउन काँग्रेसले स्थानीय सरकारलाई आग्रह गरेको हो ।

पुतलीबजार नगरपालिका र बिरुवा गाँउपालिकाका प्रमुखलाई दुवै पालिकाका पार्टी सभापतिले ज्ञापन पत्र बुझाउदै चाडवाडमा नागरिकलाई सहजपुर्ण रुपमा यात्रा गर्ने बातावरण मिलाउन आग्रह गरेका हुन् । पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी र बिरुवा गाँउपलिका सभापति डोलराज पोख्रेलले छुट्टा छुट्टै प्रेस बिज्ञप्ती जारी गरि बर्षादले गर्दा ग्रामिण सडकहरुमा सवारी आवागमनमा कठिनाई देखिएकाले अविलम्व छिटो सडक मर्मत गरी सहजता प्रदान गर्न विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

दशैतिहारमा गाँउ फर्कने मानिसको चाप बढ्छ विरुवा गाँउपालिका सभापति पोख्रेलले भन्नुभयो, सडक जिर्ण छ, चाडबाडको बेला यात्रुको सवारी चाप बढ्ने हुदाँ दुर्घट्ना हुन नदिन ध्यानाकर्षण गरेका हौं । नागरिकको यात्रालाई सहजता र चाडवाडका बेला दुर्घट्ना नहोस भनेर स्थानीय सरकारलाई चासो देखाएको पोख्रेलको भनाई छ ।

अधिकांश सडक खाल्डाखुल्डी परेर यात्रामा असहजता पैदा भएकाले छिटो सडक मर्मत गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । यस कार्यमा हातेमालो गर्न काँग्रेस पार्टी तयार रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्ती मार्फत सबै पालिकावासीलाई संस्कृति र संस्कारको जर्गेना गर्ने पर्वलाई हर्सोल्लास रुपमा मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरिएको छ ।

यता पुतलीबजार नगर सभापति अधिकारीले पनि ग्रामिण क्षेत्रका सडकलाई ममर्त गरि यातायातमा सहजता प्रदान गर्न पुतलीबजार नगरपालिकालाई आग्रह गर्नुभएको छ ।दुबै सभापतिले स्थानीय सरकारका प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै दुवै सरकारका प्रतिनिधिले छिटो भन्दा छिटो ग्रामणि सडकलाई सहजता बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्