यात्रुसँग बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ



काठमाडौं ।

दशैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्नखोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने ९ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षीय सविन राई छन् ।त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ्ग र कैलालीका २९ वर्षिय रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन्।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।त्यसैगरि काठमाडौंको कलंकीबाट वर्ष ३९ का नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्