३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद



न्युज अफ नेपाल, काठमाडौं ।

करिव ३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित छ जनालाई जन्मकैदको सजाय भएको छ ।

मंगलबार जिल्ला अदालत मोरङले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएको हो ।

३३ किलो सुन हराएको भन्दै सनम शाक्यलाई गोरे समूहले यातना दिएर हत्या गरेको आरोप लागेको थियो । साेही  अभियोगमा राजनकुमारलाई ३ वर्ष कैद र माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको छ । गोरेलाई अपहरण तथा शरीर बन्धक कसुरमा समेत सजाय हुने भएको छ ।

सजाय कायमको निर्णय भनेपछि तोकिने जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले शिलापत्रलाई बताए ।यो प्रकरणमा ७७ प्रतिवादीमध्ये २१ जना फरार छन् । फरारको मुद्दा मुल्तवीमा राखिएको छ । पछि उठान हुन मिल्ने गरी मुद्दालाई मुल्तवीमा राखिएको हो ।

कसुर कायम भएका आठ जना र फरार २१ जनाबाहेक अरुलाई सफाइ दिइएको छ ।सफाइ पाउनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीएसपी सञ्जयसिंह राउतलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्