ज्येष्ठ नागरिकको मोतिबिन्दु अपरेसन निशुल्क रुपमा गरिने



न्युज अफ नेपाल, ललितपुर ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले ललितपुरका १८ जना ज्येष्ठ नागरिकहरुको मोतिबिन्दुको शल्यक्रिया निशुल्क रुपमा गरिने भएको छ ।अस्पतालका अनुसार थप १० जनाको सहुलियत रुपमा शुल्यक्रिया गरिने छ ।

शनिबार ललितपुरको नागबहालमा भएको स्वास्थ्य शिविरमा आँखा जाँच गराएका २ सय ५८ जना मध्ये २१ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने स्थिति देखिएको थियो ।ललितपुर महानगरपालिका– १६ वडा कार्यालय र सामुदायिक स्वास्थ्य सेवा केन्द्र नागबहालले संयुक्त रुपमा सो शिविर आयोजना गरेको थियो।शिविरको संयोजन समाजसेवी मोतिशान्ति शाक्यले गर्नुभएको थियो भने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले प्राविधिक सहयोग गरेको थियो ।

सो शिविरमा अस्पतालका वरिष्ठ आँखा विशेषज्ञ डा।इन्दुप्रसाद ढुंगेल तथा डा।किरण शाक्यको नेतृत्वको कल्याण ढुंगाना, रचना काफ्ले, रेखा घिमिरे, यशोदा तिवारी, राधिका घले र एलिना गोपाली लगायत चिकित्सकहरुको टोलीले आँखा जाँच गरेका थिए ।शिविरमा आँखा परीक्षण गराएका मध्ये १८ जनाको आईतबार अस्पताल पुनः परीक्षण गरिएको थियो।त्यसपछि थप ७ जनालाई पनि मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले सिफारिश गरेको संयोजक शाक्यले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचको लागि शिविर आयोजना गरिएको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।शाक्यकै संयोजनमा ललितपुरका विभिन्न स्थानमा यस अघि ४७ वटा निशुल्क स्वास्थ्य रुपमा सम्पन्न भइसकेको छ।यस अवधिमा १२ हजार मानिसहरुको आँखा जाँच र १ हजार जना भन्दा बढीको निशुल्क मोतिबिन्दुको अपरेसन गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्