जापानले दियो ६ एम्बुलेन्स



काठमाडौं ।

मित्र राष्ट्र जापानले कोभिड– १९ विरुद्धको लडाइँमा नेपाललाई सघाउने उद्देश्यले सोमबार ६ थान एम्बुलेन्स सहयोग स्वरुप उपलव्ध गराएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा एम्बुलेन्सको साँचो काठमाडौंस्थित नेपाल एम्बुलेन्स सर्भिसलाई प्रदान गरियो ।जापानी कम्पनी निसानले उत्पादन गरेका यी एम्बुलेन्स फोर–हुइल–ड्राइभ क्षमता रहेको नेपालस्थित जापानी राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

एम्बुलेन्समा स्ट्रेचर, अक्सिजन सिलिण्डर र आपत्कालीन उपचार सामग्री राख्ने सुविधा भएकोले चलायमान अस्पतालको रुपमा यसबाट सेवा लिनसकिने जनाइएको छ । कच्ची र पहाडी मार्गका लागि पनि विरामी वसारपसारमा यसको उपयोग हुनसक्ने पनि विज्ञप्तिमा जनाइएको छ ।यसअतिरिक्त जापानले नेपालका विभिन्न क्षेत्रमा रहेका सामुदायिक आठ अस्पतालका लागि उच्च क्षमताको अक्सिजन उत्पादन मसिन, एमआरआई लगायतका स्वास्थ्य सामग्री पनि प्रदान गरेको छ ।

यसअघि जापानले नेपाललार्ई १६ लाख डोज एष्ट्राजेनिका खोप, यसको ढुवानीका लागि कोल्डचेन र अन्य स्वास्थ्य सहायक सामग्री उपलव्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्