२४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु



न्युज अफ, काठमाडौं ।

नेपाल पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्