वीरगन्ज नाका सहज भएसँगै सीमामा चहलपबल ,दशैंमा घर फर्कने समेत बढ्दै



कृष्णउदास खनाल, वीरगन्ज ।

सरकारले २०७६ साल चैत ११ गतेबाट बन्द गराएको नेपाल भारतको सीमा नाका गएको हप्ताबाट सहज भएसँगै सर्वसाधराण नागकिहरुले समेत राहतको महुुुसस गरेका छन् ।

नेपालबाट रोजगारीका लागि भारत गएका नेपालीहरु समेत दशैंको समयमा सहज रुपमा घर फर्कने बातावरण भएको छ । यद्यपी पैदल यात्रुलाइ भने सरकारले यसअघि नै सीमाबाट आउन दिएको थियो । नाका पूर्ण सहज नुहदा नेपालीहरुलाई कुनै न कुनै किसिमको अप्ठेरेको थियो अब सहज भएको र अहिले बिस्तारै भारतमा रहेका नेपालीहरु पनि घर फर्कने थालेको वीरगन्ज भन्सारमा रहेको सशस्त्र प्रहरीको बोडरआउट पोष्टका प्रहरी इचार्ज सुवर्ण बलमे बताउनुभयो ।

लामो वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् । आर्थिक र सामाजिक दैनिकी सामान्य लयमा फर्किइसक्दा पनि सवारी साधनमा रोक कायमै रहँदा असहज भएको थियो । यसबाट भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका सीमा क्षेत्रका होटेल र पर्यटन व्यवसाय बढी प्रभावित भएका थिए । सवारी आवागमन खुला भएसँगै राहत भएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताउनुभयो ।नाका सहज भएसगै सबै नागरिकहरुलाई सहज भएको पनि पन्तले बताउनुभयो ।

सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी ओदश २०७८’ जारी गरेको छ । गृह र अर्थ मन्त्रालयले मातहतका स्थानीय निकायलाई नाका खोल्ने परिपत्र पठाउन ढिलाइ गरेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

दशैंको मुखमा नाका सहज भएपछि सबैलाई सहज भएको र भन्सारमा पनि नागरिकहरुलाइ सहज बनाउनका लागि आफूहरुले समन्वयकारी भूमिका निर्वाह गरिररहेको वीरगन्ज भन्सारका अधिकृत हरिहर पौडेलले बताउनुभयो । मापदण्ड कार्यान्वयन गरेरै भए पनि सीमानाकाबाट निजी आवागमन खुला गरिएकाले अब सीमा क्षेत्रको होटेल र पर्यटन व्यवासायको पुनरुत्थान हुने दाबी वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको छ ।यसैबीच सीमा नाकामा राखिएको हेल्थडेक्समा जेठ यता कसैमा कोरोना नदेखिएको वीरगन्ज महानगरपालिकाकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्