अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह


काठमाडौं ।

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएकी छन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई बनाउने निर्णय गरेको निवर्तमान अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको उनले बताए ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । नेतृत्व चयन हुन नसकेपछि अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।