गगनको साथले पौडेल समूह उत्साहित



न्युज अफ नेपाल,  काठमाडौं ।

काठमाडौं महनगरपालिकामा कांग्रेसको नयाँ नेतृत्वका लागि भइरहेको गुटगत प्रतिस्पर्धाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उत्साहित भएको छ।

१३ औँ महाधिवेशनबाट उदय भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका युवा नेता गगन थापा महानगर अधिवेशनमा खुलेर आफ्नो पक्षमा लागेपछि पौडेल समूह उत्साहित भएको हो।

महानगर अधिवेशनमा थापाले खुलेरै गठजोड बनाएर सिटौला समूह छोडेको सन्देश प्रष्ट रुपमा दिन खोजेको पौडेल समूहबाट सभापति पदका एक प्रत्यासीले बताएका छन्।पौडेल समूहमा गगन लामो समयदेखि विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका छन् । नेता थापा महानगरमा हाम्रो सभापतिको उम्मेदवारलाई सघाउन अहिले उनी खुलेर लागेका छन्।

नेता थापाले पौडेल समूहका सभापति पदका उम्मेद्वार नीलकाजी शाक्यको प्यानलबाट आफूनिकट दुई युवालाई सचिवका उम्मेद्वार बनाएका छन्।संस्थापन समूहले युवा नेता प्रगतिमान रञ्जीतलाई सभापतिको उम्मेद्वार बनाएको छ। रञ्जीतलाई सिटौला समूहले सघाइरहेको छ। महानगरसहित काठमाडौंका ११ पालिकाहरुमा शनिवार अधिवेशन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्