चुडामणि शर्मासँग ५० लाख धरौटी माग



न्युज अफ नेपाल, काठमाडौं ।

तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । शर्मा सोमबार विशेष अदालत काठमाडौँमा उपस्थित भएका थिए ।

सोमबार भएको थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।विशेषको आदेशपछि शर्मा धरौटीको जोहो गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्