कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना पुष्टी



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमित भएका छन् । उनले आफूलाई संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘८ गते ४ बजेदेखि ज्वरो खोकि सुरु भएको, आज १० गते एन्टिजिन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । ८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’

प्रतिक्रिया दिनुहोस्