मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा बैठक जारी


न्युज अफ नेपाल,काठमाडौं ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिएका छन् ।

सरकार गठनको ढाई महिना पुगिसक्दासमेत मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । राजनीति दलसम्बन्धी अध्यादेश र मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।