श्रीपेच फुटाउन खोज्दा ११ हजार क्षति



ईश्वरराज ढकाल, काठमाडौं ।

नारायणहिटी संग्रहालयमा रहेको श्रीपेच निकालेर लगाउन खोज्ने खेमबहादुर घर्तीले रुपन्देही कक्षमा चाँदीको सामाग्री राखेको कक्षमा रहेको खकुरी राखिएको सोकेश फुटाउँदा करिब ११ हजार क्षति भएको छ ।खुकुरी निकालेर श्रीपेच रहेको सोकेस फुटाउने र श्रीपेच लगाउने चाहनामा श्रीपेचको सोकेसमा हिर्काउदा पक्राउ परेका २५ वर्षिय खेमबहादुरलाई प्रहरीले फौजदारी मुद्दा चलाउने भएको छ ।

संग्रहालय प्रमुख भेषनारायण दाहालले रुपन्देही कक्षको सोकेसको खुकुरी निकाल्ने क्रममा सोकेस फुटाउदा करिब ११ हजार रुपिया क्षति भएको जानकारी दिनुभयो । सोकेसबाट खुकुरी निकाल्न पाएको भए मानवीय क्षति हुनसक्ने थियो ।नेपाली सेनाको सुरक्षामा खटिएको टोलीले बेलैमा पक्राउ गर्दा यस्तो घटना हुन पाएन ।संग्रहालयको इन्जिनियरले स्टिमेट गर्दा करिब ११ हजार लाग्ने अनुमान गरिएको छ–उहाको भनाई थियो । उहाले घर्तिले श्रीपेच फुटाउन खोज्दा क्षति भएको रकम तिर्नुपर्ने बताउनुभयो ।

शुक्रबार बिहान सुर्खेत कक्षमा अत्याधुनिक प्रविधिभित्र बुलेटप्रुफ शिसाको सोकेसमा राखिएको श्रीपेच हेर्न पुगेका उनले आफु राजा जस्तै हुने चाहना रहेकोले श्रीपेच निकाल्न खोजेको प्रहरी समक्ष बयान दिएका छन् ।यसअघि तीन पटकसम्म संग्रहालय अवलोकन गरिसकेका घर्तिले यसअघि कहिल्यैपनि यस्तो प्रयास गरेका थिएनन । मानसिक रुपमा ठिक नदेखिएका घर्तिले औषधी सेवन गर्ने गरेका आफन्तले प्रहरीलाई बताएका छन् । म्हेपी बस्दै आएका घर्तिले श्रीपेच निकाल्ले असफल प्रयास गर्दा श्रीपेच सुरक्षार्थ खटिएका नेपाली सेनाको चार कमाण्डोले नियन्त्रणमा लिएका थिए ।

श्रीपेचको सुरक्षार्थ खटिएका भैरबनाथ गणका कमाण्डोले नियन्त्रणमा लिएका घर्तिलाई महानगरीय प्रहरी बृत दरबारमार्गमा राखिएको छ । २५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्