ईपीएलको उद्घाटन खेलमा काठमाडौँलाई १५८ रनको लक्ष्य



काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौँ किङ्स(११ लाई १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

ललितपुरका लागि पवन सर्राफले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्