साइन नेपाल द्धाराचार लाख ५० हजारको स्वास्थ्य सामग्री वितरण



विमल विष्ट, डोटी ।

मानवीय सेवामा अनेकौं प्रयास नाम एक गैर सरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका बिभिन्न बिद्यालयमा रुचारलाख ५० हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।

जिल्लाको आदर्श गाउँपालिकामा रहेका नमादेव माबी साउदकाँडा, कालीभैरव माबी कोटाञ्जर, प्रभात माबीदेहिमाण्डौं, लक्ष्मी माबी काँडी र कालिकास्थान माबीलाई सर्जिकल मास्क र स्यानीटाईजर वितरण गरेको हो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भन्ने उदेश्यले आदर्श गाउँपालिकाका पाँचवटा विद्यालय र त्यहाँको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयपछि बिद्यालय सञ्चालन भएका छन्, बिद्यार्थीहरुमा कोरोना जोखिम नहोस भनेर हामीले स्वास्थ्य सामग्री बितरण गरेका छौँ, अन्य पालिकाका बिद्यालयमा पनि बितरण गर्ने छौँ ।”उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजना अन्तर्गत उक्त स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरी उक्त संस्थाले आदर्श गाउँपालिका–५ मा रहेको लामिखाल स्वास्थ्य चौकीमा ७ लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मल गन, अक्सिपल्स मेसिन र दुइ थान पिपीईसेट वितरण गरिएको छ ।

मास्क, स्यानीटाईजर लगायतका स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगहरूबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अति उपयोगि भएको लामिखालस्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “बिद्यालय खुलेका छन्, जिल्लामा कोरोना सङ्क्रमणको जोखिम कायमै छ, सबैले सतर्क र सजक हुनु जरुरी भएको छ ।”बिद्यालयले किनेर बितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले बिद्यालयहरुमा निकै राहत भएको र सबै बिद्यार्थीहरुले मास्क लगाउन पाएको स्वास्थ्य सामग्री पाएका बिद्यालयका शिक्षकहरु बताउछन् ।

उक्त संस्थाले डोटी सहित समग्र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहहरुमा स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आय आर्जनका क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले आदर्श गाउँपालिकामा यसअघि सिपमुलक तालिम, छाउपडी सम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्