रुपन्देहीका ५ वटा नगरमा देउवा र पौडेल प्यानल चुनावी मैदानमा

गृहमन्त्री खाँणको साखसंग जोडियो रुपन्देही निर्वाचन



यमलाल भुसाल, बुटवल  । 

शनिवार हुने नेपाली कांग्रेसको गाउँनगर अधिवेशनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका आआफनै गुटगत प्यानल खडा गरि मैदानमा उत्रिएका छन ।वडातहमा समेत गुट देखिएको रुपन्देहीमा गाउँनगरको अधिवेशनमा दुई प्यानलको उम्मेद्ववार घोषणाा भएको हो । राजनीतिक दृष्टिृले निकै अर्थपूर्ण मानिएको रुपन्देहीमा देउवा र पौडेल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रेका छन्।

बुटवल उपमहानगरपालिकामा कांग्रेस उपमहानगरका सभापति खेलराज पाण्डे र रीता केसीले छुटाछुट्टै प्यानल घोषणा गरेका छन्। पौडेल समूहबाट पाण्डे चुनावी मैदानमा उत्रेका हुन् भने केसी देउवा गुटबाट उठेकी हुन्।गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला बुटवलको चुनावलाई देउवा पक्षले निकै महत्वका साथ हेरेको छ । महिला उम्मेद्ववारका रुपमा केसीलाई देउवा पक्षले अघि सारेको हो।रुपन्देहीमा १६ स्थानीय तह छन्। यसमध्ये उपमहानगर र नगरमा भने दुई समूहको प्यानल चुनावका लागि तयार भएको छ । गुटका घोषणा सभामा नेताहरू नै सहभागी भएका छन्।गृहमन्त्री बालकृष्ण खाँणको गृह नगरपालिका तिलोत्तमामा नगरमा सभापतिको लागि नारायण न्यौपाने र हरिलाल पाण्डे चुनावी मैदानमा उत्रेका छन्। न्यौपाने पौडेल गुटका हुन् भने पाण्डे देउवा गुटकार गृहमन्त्री खाँण प्रियप्राप्त हुन्। यो नगरमा पाण्डेले चुनाव हारे भने गृहमन्त्री खाँणको हार भएको मान्नु पर्ने अडकल गर्नेहरु पनि छन ।

यस्तै, सैनामैना नगरपालिकामा कृष्णप्रसाद पोखरेल र रणबहादुर खनालसमूहले उम्मेद्वारी घोषणा गरेका छन्। पोखरेल देउवा र खनाल पौडेल पक्षबाट चुनावी मैदानमा होमिएका हुन्। पोखरेललाई केन्द्रीय नेताहरू बालकृष्ण खाण र खनाललाई भरत शाहले साथ दिएका छन्। यस्तै सिद्धार्थनगर नगरसमिति सभापतिमा सञ्जीव शर्मा रेग्मी र कोसिसबहादुर खड्काको समूह चुनावी मैदानमा उत्रेको छ । रेग्मी पौडेल गुटका हुन् भने खड्का देउवा गुटका हुन् । रुपन्देहीमा १६ स्थानीय तह छन्। यसमध्ये उपमहानगर र नगरमा भने दुई समूहको प्यानल चुनावका लागि तयार भएको छ ।

त्यस्तै देवदह नगरमा पनि देउवा पक्षवाट गुणाखर भुर्तेल र पौडेल पक्षवाट झविन्द्र प्रसाद पाण्डे चुनाबी मैदानमा उत्रिनु भएको छ ।गुटका घोषणा सभामा नेताहरू नै सहभागी भएका छन्। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक गुटको घोषणा सभामा सहभागी हुँदै आएका छन्। यस्तै पौडेल पक्षका नेताहरू पनि गुटको घोषणा सभामा सहभागी भएका छन्। बोलाएको घोषणा सभामा आफू गएको सभापति रज्जाकले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्