अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा



फाइल फोटो

न्युज अफ नेपाल, काठमाडौं ।

विस्फोटक पद्धार्थको प्रयोग गरी हत्या गरेको अभियोगमा मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि शुक्रबार पेशीमा चढे पनि हेर्न नमिल्नेमा परेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको सँयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको थियो । तर हेर्न नमिल्ने भएपछि शुक्रबार पनि सुनुवाइ नहुने भएको हो ।

आलमले २०७७ साल असोज १२ गते आफूलाई पुर्पक्षमा पठाउने जिल्ला अदालत रौतहटको फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दायर गरेको सो मुद्दामा हालसम्म सुनुवाइ हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्