राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो



न्युज अफ नेपाल, काठमाडौ‌ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो । यो विधयेक प्रमाणीकरण भएसँगै बजेट सटडाउनमा रहेको सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।  बजेटको मुल विधेयक प्रमाणीकण भए पनि बजेटसम्बन्धी थप दुई विधयेक भने बिहीबारमात्र प्रतिनिधिसभाबाट पारित भएका छन् । अब ती दुबै विधेयक शुक्रबार राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्