नेकपा एमालेको अगुवा कार्यकर्ता भेला



अमृत अर्याल, स्याङ्जा ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पुर्वउपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझिले देशमा राजनितिक क्रान्ती पुरा भई विकास र समृद्धिको यात्रातर्फ अग्रसर रहेको बताउनुभएको छ । वालिङ नगर कमिटिद्धारा आयोजित बृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै नेता रायमाझिले वर्तमान राजनितिक घटनाक्रमलाई सबै नेता कार्यकर्ताले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

राजनितिमा उतारचढाव, विभाजन, धु्रविकरण, फुट स्वभाविक प्रक्रिया भएको रायमाझिको भनाई छ । नेता रायमाझिले यसमा धेरै आत्तिन र मात्तिन आवश्यक छैन् भन्नुभयो । ७० वर्षसम्म जनयुद्ध, मधेश आन्दोलनलगायत सबै प्रकारका आन्दोलन गरी संघिय गणतन्त्र प्राप्त भएको भन्दै अव विकास र समृद्धिको बहस हुन अनिवार्य रहेको नेता रायमाझिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्धिको यात्रामा अगाढि बढाउने, गरिवि हटाउने, रोजगारी सृजना गर्ने कसले गर्छ, कुन दलले गर्छ भन्ने बहस हुन आवश्यक थियो ।’ समृद्धिको बहस, आन्तरिक लडाँईबाट पार्टीले संर्घष नगरीकन अगाडिको यात्रा तय गर्न नसक्ने भन्दै पार्टीबाट केहि अंश चोँईटिएर गएपछि पार्टी झनै बलियो र एकढिक्का भएको नेता रायमाझीको दावी छ ।

विदेशीको ईशारामा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास गरीएको र त्यसको पहिलो मतियार नेता प्रचण्ड बनेको भन्दै नेता रायमाझिले भन्नुभयो, ‘कम्युनिष्ट एकतालाई विभाजन गरियो त्यसले पनि नपुगेर परमादेशबाट सरकार ल्याईयो ।’ पार्टी फुटाउने विधयेक एमाले फुटाउनकै लागी ल्याईएको भन्दै त्यसको सिकार सरकार स्वयम बन्न सक्ने चेतावनी दिनुभयो । परमादेशबाट सरकार बनेको लामो समय वितिसक्दा पनि सरकारले पुर्णता नपाउँनु पार्टी फुटाउने विधयेक पनि एक कारण रहेको उहाँको भनाई छ ।कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पुर्व मन्त्री पद्मा अर्यालले ओली सरकारले ल्याएको विकासलाई वर्तमान सरकारले कटौती गरेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘स्याङ्जाका ३० सडक सहित देशभरकिा १४ सय सडकहरु कटौती भएको छ । यसमा हामीले निरन्तर खबरदारी गरेका छौँ ।’ सरकार विकासमा बाधक बनेको भन्दै निर्वतमान सरकारले ल्याएको अधिकांश विकास निर्माणका योजनाहरु सरकारले खारेज गरिदिएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, एमाले जिल्ला अध्यक्ष पारश गैह्रे, प्रदेश सदस्य किशोर विक्रम मल्ल, स्याङ्जा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष ऋषिराम कँडेललगायतले बोल्नुभएको थियो । नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शोभाकान्त पौडेलले गर्नुभएको थियो । कार्यक्रममा लोकदोहोरी कलाकार श्रीधर न्यौपाने र ऋृषिराम डुम्रे, हाँस्य कलाकार पुरुषोत्तम भण्डारीले विभिन्न प्रस्तुती राख्नुभएको थियो । भेलाले पार्टी कमिटिलाई वडावडामा परिचालन गर्ने, जनवर्गाीय संगठन, अनेम संघ, निर्माण गर्ने विद्यार्थी संगठनको निर्माण गरी पार्टीलाई सशक्त बनाउने निर्णय गरेको नगर कमिटि सचिव पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्