मिला दरै, तनहुँ ।
ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको बाँधको सुरुङ पहुँच मार्गको निर्माण पूरा भएको छ । जलाशययुक्त एक सय ४० मेगावाट क्षमताको आयोजनाको बाँधस्थलको दायाँबाट पुग्न खनिएको सुरुङ पहुँच मार्गको निर्माण पूरा भएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार काम गर्न शुरू गरिएको चार महिनामा सुरुङ पहुँचमार्ग निर्माण पूरा भएको हो । साढे दुई किलोमिटर सडक पहुँच मार्ग यसअघि नै पूरा भएको आयोजनाले जनाएको छ । ‘बायाँतर्फको सडक पहुँच मार्ग पूरा भए पनि दायाँतर्फ कठिन भूगोल भएकाले सुरुङ पहुँच मार्ग निर्माण पूरा भएको छ, ३ सय १४ मिटर लामो सुरुङ खन्ने काम पूरा भएको छ,’ आयोजना प्रमुख घिमिरेले भन्नुभयो ।३ सय १४ मिटर लामो मार्गका लागि प्राविधिक तथा इन्जिनियरहरूले गत माघ महिनादेखि काम थालेको थियो । आयोजनाको विद्युत् गृहको काम भने चिनियाँ सिनो हाइड्रो कम्पनीले गरिरहेको छ । अब बाँध निर्माण भने कालिका सोम्दा जेभीले थाल्नेछ । ठेकेदार छनोट तथा रद्द एवं नयाँ नियुक्तिमा भएको ढिलाइलगायतले सुस्त भएको र आयोजनाको काम निषेधाज्ञाको अवधिमा पनि निरन्तर भइरहेकाले सुरुङ मार्ग छिटो पूरा भएको हो ।
आयोजनाका अनुसार निषेधआज्ञाले काम प्रभावित नहोस् भन्ने उद्देश्यले भौतिक दूरी, सेनीटाइजर, मास्कको प्रयोगलगायतका सुरक्षाका मापदण्ड पूरा गर्ने, कामपछि बाहिर आवतजावत नगर्ने जस्ता नियम पालना गर्ने गरी काम भइरहेको छ । आयोजनाका १०, परामर्शदाताका ३५ गरी ४५ जना कर्मचारी र ५६५ जना कामदारबाट काम धमाधम भइरहेको छ ।नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि गत चैत्र १० गते ठेक्का सम्झौता भइसकेकोले निषेधाज्ञाको समयमा पनि काम गरिएको हो । १६ अर्ब ६२ करोड रुपियाँ ९प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक०मा खरिद सम्झौता भए अनुरुप पहिलो प्याकेजको काम भइरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएकाले निषेधाज्ञाको समयमा पनि काम तीव्र रुपमा गरिएको हो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ ।
ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत् गृह खन्ने कार्यको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । प्रसारण लाइनमा ४० जना खटिइरहेका छन् कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।तनहुँमा निर्माणाधीन यस जलविद्युत् आयोजना १४० मेगावाट क्षमताको रहेको छ । कुलेखानीपछिको सुख्यायाममा अभाव नहुने जलाशाययुक्त आयोजना भएकाले सरकारले प्राथमिकता दिएको छ । सुख्यायाम भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहकोेले सो समस्या टार्नको लागि सरकारले यस अयोजनालाई प्राथमिकता दिएको आयोजना प्रमुख घिमिरे बताउनुहुन्छ ।
२०६२ सालमा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको लम्बाई करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ ।त्यस्तै जलाशयको कुल भण्डारण क्षमता २९५ दशमलव १ मिलियन घनमिटर रहनेछ । आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काहुडाँडाभित्र १ हजार १ सय ६२ मिटर लामो सुरुङमार्ग निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पु¥याएर विद्युत् उत्पादन गरिने बताइएको छ । तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २२० केभीको डबल सर्किटबाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपूरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।











प्रतिक्रिया