काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् ।

नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्