काठमाडौंमा मात्रै १५६७ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जानएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्‍या ३ लाख ३ हजार ५६१ पुगेको छ । भने थप १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्