एमालेका ४ सांसदले जोगाए कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद



न्युज अफ नेपाल, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। प्रदेश सभामा आज शुक्रबार उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित नभएपछि प्रदेश सरकारमाथि आइपरेको संकट तत्काललाई टरेको हो।

प्रदेश सभामा रहेका नेकपा ९एमाले०का २० मध्ये चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो। शुक्रबारको प्रदेश सभामा विश्वसाको मतका लागि शाहीलाई ३९ मध्ये २० मत आवश्यक थियो। सम्पूर्ण दलको समर्थन पाए पनि उनको सरकार नजोगिने अवस्थामा रहेको बेला एमालेको माधवकुमार नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव असफल भएको हो।

सभामुखसहित एमालेका २०, माओवादी केन्द्रका १२ र कांग्रेसका ६ र राप्रपाका एक गरी ३९ सांसद रहेको कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीलाई कांग्रेसका ६ र एमालेको नेपाल समूहका चार सांसदले साथ दिएपछि अविश्वासको प्रस्ताव फेल भएको हो।

प्रतिक्रिया दिनुहोस्