विद्यालयसहित भिडभाड हुने क्षेत्रमा नजान मन्त्रालयको अनुरोध



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन अपिल गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको वर्गीकरण गरी ती जिल्लामा आफ्ना बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको हो ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, मोरङ, कास्की, रुपन्देही, सुर्खेत, बारा‚ चितवन, बाँके, पर्सा, दाङ, र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभइदिनू’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्