दूध खपतका लागि छुर्पी उद्योग



पाल्पा  । हिमाली र पू्र्वी नेपालका जिल्लामा व्यावसायिक रूपमा छुर्पी उत्पादन हुँदै आएकोमा अब पाल्पामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको छ । पाल्पामा गाईंभैसीको दूध उत्पादन वृद्धि हुन थालेपछि यस वर्षदेखि छुर्पी उद्योग सञ्चालन गर्न थालिएको हो ।

अन्य जिल्लामा जस्तै पाल्पामा मिल्क होलिडे नगर्न दूधको खपतको लागि छुर्पी उद्योग खोलिएको बताइएको छ । पाल्पामा दुई वटा उद्योगबाट दैनिक १ सय किलो छुर्पी उत्पादन हुने गर्छ । उत्पादित छुर्पी काठमाडाैं, पोखरा, बुटवल, नेपालगन्ज, नारायणगढलगायतका शहरमा निर्यात हुने श्रीनगर डेरी उद्योगका सञ्चलाक रोमाकान्त न्यौपानेले बताउनुभयो । उहा“ले दुध खेर नजाओस् भनेर व्यावसायिक रुपमा उद्योग नै सञ्चालन गरी यसको उत्पादन गर्न थालिएको जानकारी दिनुभयो ।

एक किलो छुर्पीको ९ सय रुपैयाँ पर्ने हुँदा मासिक २५ लाख रुपिया“बराबरको छुर्पी उत्पादन गरी बिक्री हुने गरेको उद्योगीले बताएका छन् । पाल्पामा उत्पादन गरिएको छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने उद्योगीको भनाइ छ । पाल्पामा दैनिक १० हजार लिटर दूध बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्